नरेश गुप्ता

बरियारपुर,सशस्त्र प्रहरीले बाराबाट ठूलो परिमाणमा अबैध लागुऔषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी छिन्नमस्ता बाहिणी प्रदेश नम्बर २ बाट खटिएको टोलीले बाराको सुवर्ण गाउँपालिकास्थित सनफुलवाबाट डेढ क्विन्टल (१ सय ५० केजी) गाँजा बरामद गरेको हो । हिजो साँझ नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ६ सनफुलवाबाट गाँजा बरामद गरेको सशस्त्र प्रहरी प्रदेश नम्बर २ का बाहिणीपति गणेश ठाढा मगरले जानकारी दिनुभयो । बाहिणीपति मगरका अनुसार सशस्त्र प्रहरीलाई देख्नेबित्तिकै गाँजा बोकेका भरियाहरु फरार भएका छन् । उक्त गाँजा कहाँबाट ल्याइएको र कसले ल्याएको भन्ने सम्बन्धमा आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको बाहिणीपति मगरले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here