नरेश गुप्ता,

बरियारपुर,ब्रह्मकुमारी राज्य योग सेवा केन्द्र पर्सा वीरगन्जकी संचालिका रबिना दिदीले हरेक आत्मामा परमात्माको बाँस हुने बताउनु भएको छ ।

बाराको माहागढीमाई नगरपालिका वडा नम्बर २ स्थित ब्रह्मकुमारी राज्य योग सेवा केन्द्र बरियारपुरले बुधवार आयोजना गरेको ८६ औं त्रिमुर्ति शिव जयन्तीको अवसरमा परमात्मा प्रत्याक्षताको पर्व महाशिवरात्री प्रवचन समारोहमा बोल्दै संचालिका दिदिले सो कुरा बताउनुभएको हो ।

परमपिता शिव निराकार रहेको बताउदै उहाँले जो जागेको हुन्छ, त्यसलाई मात्र बिहान भएको थाहा हुने बताउनुभयो । ब्रह्मपिता पनि त्यस्तै निराकार अलौकिक रहेकोले हरेक प्राणीले यस संसारमा आफ्नो कर्म तथा ईश्वर भक्तिप्रति लिन हुनु पर्नेमा उहाँले जाड दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै कलैया उपमहानगरपालिकाकी संचालिका तपोसयनी मिना दिदिले लोभ, क्रोधले अशान्तिको बाटो लम्ब्याउने भएकोले हरेक मनुष्यले सदाचारी हुनु पर्नेमा जोड दिनुभयो ।

महाशिवरात्री पर्वको पावन अवसरमा आयोजित सो कार्यक्रममा जीतपुरसिमरा उपमहानरपालिकाकी संचालिका रेनु दिदीले जबसम्म कर्मको लगानी मानिसमा हुदै तबसम्म मनुष्य अगाडि बढन सक्दैन भन्नुभयो ।

८६ औं त्रिमुर्ति शिवजी जयन्ति ब्रह्मकुमारी राज्य योग सेवा समारोहमा त्राही आच्युत आश्रम बरियारपुरका जितेन्द्र गुप्ता, वडा नम्ब्र ७ का वडा अध्यक्ष रामजन्म यादव, गुरु भाइ जितेन्द्र शिक्षक संघ बाराका अध्यक्ष परमहंस यादव लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । बरियारपुर केन्द्रकी संचालिका गंगा थापाले सहभागिहरुलाई स्वागत मन्तव्य राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here