बरियारपुर,बारामा अबैध रुपमा संचालनमा रहेको घरेलु मदिरा भट्टी र कच्चा पदार्थ प्रहरीले आइतवार नष्ट गरेको छ ।
महागढिमाई नगरपालिका वडा नम्बर ३ मा अवैध रक्सी भट्टी संचालन गर्दै आएका राजकुमार राम चमार, जय राम चमार र हृदय राम चमारको घरेलु मदिरा भट्टी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
घरभित्र लुकाई छिपाई अवैध रूपमा उनीहरुले भट्टी संचालन गर्दै आएका थिए । प्रहरी चौकी गंजभवानिपुरबाट गएको प्रहरी नायब निरीक्षक नारायण साहको टोली ३ वटा भट्टी, ४ सय ५० लिटर कच्चा पदार्थ तथा ३५ लिटर तयारी रक्सी नष्ट गरिएको हो ।
त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ लामिडाँडास्थित अबैध रुपमा संचालन रहेका ५ वटा अवैध मदिरा भट्टी नष्ट गरेको छ । प्रहरी चौकी जैतापुरबाट खटेको टोलीले उक्त भट्टीबाट तयारी मदिरा २८ लिटर र कच्चा पदार्थ ७ सय ६५ लिटर बरामद सोही स्थानमा नष्ट गरिएको छ ।
त्यसैगरी प्रहरी चौकी बोधवनलेकोल्हवी नगरपालिका वडा नम्बर– ८ नयाँबस्तीस्थित २ वटा भट्टी नष्ट गरिएको छ । प्रहरीले भट्टीमा रहेको दुई सय लिटर कच्चा पदार्थ तयारी मदिरा ४० लिटर र मदिरा बनाउन प्रयोग हुने ४ थान भाडाँकुडासमेत नष्ठ गरिएको बाराको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।