सिमरा,सिमरामा जारी दोस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप २०७९ मा बिहीवार एकैदिन ६ वटा खेल सम्पन्न भएका छन ।

सिमरा भेट्रान क्लबको आयोजनामा सिमरा रंगशालामा जारी प्रतियोगिताको दोश्रो दिन बिहीवार ६ वटा खेल सम्पन्न भएको हो । स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा आयोजना गरिएको प्रतियोगिता अन्र्तगत भएको पहिलो खेलमा सिमरा भेट्रान ‘ए’ लाई १–० गोल अन्तरले पराजित गर्दै वीरगन्ज युथ भेट्रान विजयी भएको थियो । खेलको दोश्रो हाफमा सिमरा भेट्रान ‘ए’ का लागि पुर्ण लामाले आत्मघाति गोल गरेका थिए । प्रतिस्पर्धात्मक बनेको खेलमा सिमरा भेट्रान ‘ए’ ले आत्मघाति गोल गरेपछि वीरगन्जले सहजै जित निकालेको हो ।

प्रतियोगिता अन्र्तगत वीरगन्ज युथ भेट्रानका रितु शाक्य म्यान अफ द म्याच घोषित भए । उनलाई नव जनजागृती युवा क्लब सिमराका संस्थापक अध्यक्ष राजकुमार भट्राईले म्यान अफ द म्याचको पुरस्कार प्रदान गरेका थिए ।

 

यसैगरी बिहीवार भएको दोश्रो खेलमा भुटनदेबी भेट्रान हेटौडा विजयी भएको छ । भेट्रान सिटी वीरगन्जलाई ३–१ गोल अन्तरले पराजित गर्दै हेटौडा विजयी भएको हो ।

यसैगरी तेस्रो खेलमा वीरगन्ज सिटी भेट्रान विजयी भएको छ । कालभैरव भेट्रानलाई २–१ गोल अन्तरले पराजित गर्दै वीरगन्ज विजयी भएको हो । प्रतियोगिता अन्र्तगत शुक्रवार दिउसो पनि ३ वटा खेल सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष राजकपुर राउत विजयले जानकारी दिनुभयो ।

पहिलो खेल दिउसो २ बजे काठमाण्डौ भेट्रान र कलकत्ता भेट्रान भारतबीच हुनेछ । दोस्रो खेल मोरङ भेट्रान र अभिषेक चर्च परासीबीच हुनेछ ।

यसैगरी तेस्रो खेल डेभिल्स भेलिसेन्ट भेट्रान पोखरा र दार्जिलिङ भेट्रान भारतबीच हुने प्रतियोगिता संयोजक हरी चौधरीले जानकारी दिनुभयो । प्रतियोगिता अन्र्तगत बिहीवार भएको चौथो खेलमा चितवन भेट्रानलाई २–१ गोल अन्तरले पराजित गर्दै कोलकत्ता भेट्रान विजयी भएको छ ।

बिहीवार भएको पाँचौ खेलमा अभिषेक चर्च नवलपुरलाई १–० गोल अन्तरले पराजित गर्दै मोरङ भेट्रान विजयी भएको छ । मोरङ भेट्रानका लागि राम भुजेलले निर्णायक गोल गरेका थिए । बिहीवारको अन्तिम खेलमा डेभिल्स भेलिसेन्ट भेट्रान पोखरलाई १–० गोल अन्तरले पराजित गर्दै दार्जलिङ भेट्रान भारत विजयी भएको छ ।

प्रतियोगिता अन्र्तगत शुक्रवार क्वाटरफाईनल खेल हुने आयोजक क्लबका अध्यक्ष राजकपुर राउतले जानकारी दिनुभयो । राउतका अनुसार शुक्रवार ४ वटा खेल हुनेछ ।

पहिलो खेल बिहान ७ बजे सिमरा भेट्रान बि र भुटनदेवी भेट्रानबीच हुने अध्यक्ष राउतले जानकारी दिनुभयो । दोश्रो खेल बिहान ८ बजे वीरगन्ज भेट्रान सिटी पर्सा र मोरङ भेट्रानबीच हुनेछ ।

यसैगरी तेस्रो खेल दिउसो ३ बजे चितवन भेट्रान र वीरगन्ज युथ एकेडेमी भेट्रानबीच हुने प्रतियोगिता संयोजक चौधरीले बताउनुभयो । प्रतियोतिा अन्र्तगत शुक्रवारको अन्तिम खेल दिउसो ४ बजे कलकत्ता भेट्रान भारत र दार्जलिङ भेट्रान भारतबीच हुनेछ ।

भदौ २९ गतेदेखि शुरु भएको प्रतियोगिता असोज १ गतेसम्म चल्नेछ । प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेता टोलीले ७५ हजार रुपैया प्राप्त गर्नेछ ।

Leave a Reply