शासन सत्तामा पुगेपछि जो पनि गैरजिम्मेवार वा शक्तिको दुरुपयोगका लागि लालाहित हुन्छन् कि भन्ने देखिन्छ । कतिपय घटनाक्रमहरुले पनि यो कुराको पुष्टि हुन्छ ।पर्सामा हालै भएको एउटा घटना शक्तिसंग जोडिएको छ । वीरगञ्ज सहित पर्साका केही भाग अहिले हैजाका कारण आक्रान्त नै छभन्दा पनि फरक नपर्ला । यस्तोमा जो कोही पनि प्रभावित भएको हुनसक्छ । यो अवस्थामा आफ्ना नेता,जनप्रतिनिधि वा राजनीतिक ब्यक्तिसंग पूर्वाग्रह बिना समस्या राख्न पाउनु हरेक नागरिकहरुको अधिकार हो नै । तर,पर्सामा एकजना मन्त्रीलाई प्रश्न सोधेकै कारण एकजना महिला प्रहरी हिराशतमा परेको कुरा आएको छ ।
अहिले सामाजिक संजालमा भाइरल भइरहेको महिला र मन्त्रीबीचको संवादमा ती महिलाको भनाईमा धेरै आक्रोश र थोरै अलिक नसुहाउने खालको शब्द प्रयोग भएका छन ।मुख्य कुरा त मन्त्री वा सांसद भनेको कोहो भन्ने कुरा सबैले बुझ्न आवश्यक छ। एउटा कुरा के हो भने कसैले पनि कसैलाई अपमानजनक शब्द प्रयोग गर्नहुन्न । मन्त्री भएकै कारण प्रदीप यादवलाई अपमानजनक शब्द प्रयोग भयो भन्ने कुरा एकदम गलत हो तर प्रदीप यादव जो भएपनि सभ्य भाषा हुनुपर्छ भन्ने कुरा चैं महत्वपूर्ण हो ।
हो,ती महिला अथवा किरण साह भनिएकी महिलाको बोल्ने शैली अलिक नमिलेको देखिन्छ । उनले आफ्नो पीडा व्यक्त गर्दा मन्त्रीलाई हप्काएको जस्तो पनि सुनिएको होला तर यत्तिकैमा एकजना नागरिकहरुलाई मुद्दा चलाइनु कत्तिको जयाज हो ? यो बहस भइ नै रहेको छ ।सांसद वा मन्त्री क्षणिक पद हुन्, समाजभन्दा माथि कोही हुदैन त्यसैले कसैले आक्रोश पोख्यो भन्दैमा थुन्नु हुन्न अनि बोल्न पाइयो भन्दैमा फेरि कसैले पनि जथाभावी चैं बोल्न हुन्न ।














