यो देशमा भ्रष्टचारजन्य क्रियाकलाप हेर्ने निकाय पनि छ । उसले आफ्नो काम पनि गरिरहेको देखिन्छ । भ्रष्टचारमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन खोजेको जस्तो पनि देखिन्छ । केही कोहीलाई कारबाहीको दायरामा ल्याएको पनि देखिन्छ तर भ्रष्टचार हेर्ने निकाय नै यसको दलदलमा फस्यो भने चाही के होला ?

यहाँ प्रश्न उठेको छ– अख्तियार दुरुपयोग नियन्त्रण आयोगका प्रमुख प्रेम राईमाथि । उनी नै भ्रष्टचारजन्य क्रियाकलापमा संलग्न रहेको भनेर आरोप लागिरहेको छ । आरोप लागेपछि सत्य तथ्य कुरा बाहिर ल्याउन आवश्यक छ । ्
हावा नचली पात हल्लिने कुरै भएन । अख्तियार प्रमुख राईको सवालमा पनि मात्र हावा चलेको बिलकुल होइन होला । अब उहाँले आफ्ना विषयमा कुरा उठेपछि जवाफ अवश्य नै दिनुपर्दछ । कसैलाई प्रश्न गर्दा वा कारबाही गर्दा पूर्वाग्राही भएर प्रश्न उठाएका पनि हुन सक्छन् वा प्रमुख राईको बद्मासी भएर पनि त हुनसक्छ । यो कुरा नागरिकहरुमा स्पष्ट हुन आवश्यक छ ।

यदि उहाँ पनि मानौं भ्रष्टचारमा संलग्न रहेको पाइयो भने त यो देशमा कसको पो विश्वास गर्ने भन्ने भयो । न त राष्ट्र प्रमुख सफा भएको देखिन्छ न त प्रधानमन्त्री वा यस्तै कार्यकारी पदमा पुगेका कुनै पनि व्यक्ति । भ्रष्टचारमा दोषी नभएको कोही नपाइने भयो अनि कसरी यो देशमा सुशासन होला र खोइ ?

 

Leave a Reply