मनहर्वा, ९ साउन– डिभिजन वन कार्यालय बाराले फलफुल तथा वन प्रजातिका १० लाख विरुवा उत्पादन गरी वितरण सुरु गरेको छ । राष्टिय वृक्षारोपण बर्ष २०७७ का अवसरमा नेपाल सरकारको कार्यक्रमअनुसार विरुवा उत्पादन गरी वितरण सुरु गरिएको डिभिजन वन कार्यालय प्रमुख मंजुर अमदले जानकारी दिनुभयो । उत्पादित विरुवा किसानहरुका पाखो बारी, खोल्सी, खाली क्षेत्र, नदी उकास, बाढी तथा नदी कटानले जोखिम भएको क्षेत्रमा रोप्ने प्रयोजनमा वितरण भइरहेको अहमदको भनाइ छ ।
वन कार्यालयले यस वर्ष वन तथा भु–संरक्षण विभागको ६ लाख, प्रदेश २ सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा ४ लाख गरी १० लाख विरुवा उत्पादन गरेको छ । जसमध्ये ८ लाख विरुवा यसैवर्ष भित्रै वितरण गरिने कार्यालयको तयारी छ । बाँकी २ लाख विरुवा भने दुईको पुगेपछिमात्र वितरण गर्ने कार्यक्रमअनुसार विरुवा वितरण सुरु गरिएको डिभिजन वन प्रमुख अहमदले बताउनुभयो । दुई वर्षसम्म हुर्काएर रोप्दा सबै विरुवा सर्ने र लगानी खेर नजाने उहाले बताउनुभयो ।
कार्यालयले उत्पादन गरेका विरुवाहरुमा अधिकांश समला, महुवनी (मलेशियन सखुवा), टिक, सिरिस, सिसौ, बकाईनो, अमला, सजिवन, बेल, कटहर, आँप तथा लिची प्रजातिका छन् । जिल्ला विभिन्न ७ स्थानमा नर्सरी तयार गरी विरुवा उत्पादन गरिएको हो । डिभिजन वन कार्यालय परिशरको नर्सरीमामात्रै २ लाख विरुवा तयार पारिएका छन । त्यसैगरी हलखोरिया साझेदारी वन व्यवस्थापन समिति डुमरवानामा १ लाख, तामागढीमा साझेदारीमा १ लाख, कलैया उपमहानगरस्थित नर्सरीमा १ लाख विरुवा उत्पादन भएका छन् । फेटा गाउँपालिकामा १ लाख पचास हजार, सिम्रौनगढ नगरपालिकामा १ लाख र महागढिमाई नगरपालिकामा ५० हजार विरुवा उत्पादन गरिएको वन कार्यालले जानकारी दिनएको छ ।
वन तथा भु–संंरक्षण विभागका फोकल पर्सन सह–सचिव बद्री हुमागाँईकाअनुसार यसबर्ष देशभर ५ करोड बिरुवा उत्पादन गर्ने सरकारी लक्ष्य छ । वनजन्य संरक्षण, वहुवर्षिय र फलफुल प्रजातिका विरुवा उत्पादनमा संघ र प्रदेश सरकारले काम गरिरहेको उहाँको भनाइ छ । वन तथा भु–संरक्षण विभाग र मातहतमामात्रै १ करोड चालिस लाख विरुवा तयार भई वितरण सुरु भएको उहाले बताउनुभयो । जसमध्ये ७७ लाख वन प्रजाती र ४३ लाख फलफुल प्रजातिका विरुवा रहेकाछन् । देशका ७ प्रदेश सरकार मातहतका डिभिजन वन कार्यालयहरुले सामुदायिक, साझेदारी वनसँगै विभिन्न संघ संस्थामार्फत राष्ट्रिय वृक्षारोपण वर्ष सफल पार्न काम गरिरहेको सह–सचिब हुमागाईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here