सिमरा,सिमरास्थित ईलाका प्रशासन कार्यालयले मंसिर २८ गतेदेखि आफ्नै भवनबाट सेवा प्रदान गर्ने भएको छ ।
सिमराको एयरपोर्ट रोडमा रहेको पूरानो ईलाका प्रहरी कार्यालयको भवनबाट ईलाका प्रशासन कार्यालयले सेवा प्रदान गर्न लागेको हो । ईलाका प्रशासनको उक्त कार्यालय मंगलवार एक कार्यक्रमबीच स्थानान्तरण गर्न लागिएको छ ।
यसैक्रममा इलाका प्रशासन कार्यालयले एउटा सूचना निकालेर मंसिर २६ र २७ गते कार्यालयको सेवा ठप्प हुने समेत जनाएको छ । ‘मंसिर २६ गते कार्यालय प्रवेश गर्दैछौं । २७ गतेसम्म सबै तयारी गरेर कार्यालयको सेवा संचालन गर्नेछौं’ कार्यालय प्रमुख तेजराज शर्माले भन्नुभएको छ । उहाँले सर्वसाधारणले दुःख नपाउन भनेर कार्यालय बन्द हुने सूचना जारी गरेको बताउदै मंसिर २८ गतेदेखिकार्यालयले पूर्ववत सेवा दिने जानकारी दिनुभयो ।
तस्बिर सौजन्य

Leave a Reply