कलैया,बालबालिकाहरुको संरक्षण, प्रवद्र्घन र उद्धारकोे लागि बाल हेल्पलाईन नम्बर १०९८ लाई बाराको प्रसौनी गाउँपालिकाले निःशुल्क एम्बुलेन्सको सेवा प्रदान गर्ने भएको छ ।

नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत राष्ट्रिय बाल अधिकार परिषदको सहयोग तथा संरक्षण नेपाल बाराको आयोजनामा संचालित बाल हेल्पलाईन नम्वर १०९८ लाई एम्बुलेन्स सेवा प्रदान गर्ने बारेमा दुबै पक्षबीच आइतवार सहमति भएको हो । संस्थाका अध्यक्ष बृजमोहन कुशवाहा र प्रसौनी गाउँपालिकाको अध्यक्ष भोलाप्रसाद गुप्ताले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । संरक्षण नेपाल बाराको आयोजनामा संचालित बाल हेल्पलाईन १०९८ ले बालबालिकाहरुको संरक्षण, प्रवद्र्घन र उद्धारमा सहज होस भन्ने उदेश्यले एम्बुलेन्स सेवा संचालनमा ल्याउन लागेको संस्थाका अध्यक्ष कुशवाहाले जानकारी दिनुभयो । ।

संरक्षण नेपाल बाराको आयोजनामा बारा, पर्सा, रौतहट तथा सर्लाही जिल्लाका बालबालिकाहरुको संरक्षण, प्रवद्र्घन र उद्धारकोे लागि कलैयाबाट बाल हेल्पलाइन १०९८ ले सेवा प्रवाह गरिरहेको संस्थाका कार्यक्रम संयोजक मुकेशकुमार कुशवाहाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here