कलैया,बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ बघवनमा बिहीबार बिहान पानी तान्ने चापाकलको मोटरमा करेन्ट सप्लाई भएपछि एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वर्ष ४५ का मदन जैसवाल रहेका छन । मृतक जैसवाल आफ्नै घरमा रहेको चापाकलको मोटर चलाउने क्रममा करेन्ट लागि घाइते भएका थिए । जैसवाललाई उपचारको लागि कलैया अस्पतालमा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृतक जैसवालको शव कलैया अस्पतालमा पोष्टमार्ट्म गरी परिवारको जिम्मा लगाइएको छ ।