निजगढ,रुखबाट झरेको हाँगाले थिचेर बाराको निजगढमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार थप २ जना घाइते भएका छन ।प्र २–०२–०१७ प ९६३५ नम्बरको मोटरसाइकलबाट रतनपुर बजारतर्फ जादै गरेका ३ जना मध्ये एक जनालाई रुखबाट झरेको हाँगाले मंगलवार दिउसो थिचेको थियो ।घटनामा निजगढ नगरपालिका वडा नम्बर ११ लाल गाउँका सुमन बोम्जनको श्रीमती वर्ष २२ की अस्मिता मुक्तानको घटनास्थलमा नै मृत्यु भएको हो ।
निजगढ १० स्थित तामागगढी– रतनपुरी सडकमा दिउसो २.५० बजे अचानक झरेको भुर्कोटको रुखको हाँगा गडिरहेको मोटरसाइकलमाथि खसेको थियो । हाँगाले लागेर अस्मिताको टाउकोमा चोट लागेको र उनको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो ।
घटनामामोटरसाइकल चालक सोही ठाउँ बस्ने प्रेमबहादुर बम्जनका वर्ष १८ काछोरा सन्देश र मोटरसाइकलको पछाडि बस्ने निजगढ १३ का मानबहादुर लोप्चनकी श्रीमती अन्दाजी वर्ष २२ की बिनिता भुलोन पनि घाइते भएकी छन । मृतक मुक्तान मोटरसाइकलको बिचमा बसेकी थिइन भने बिनिता पछाडि बसेको निरीक्षक कुशवाहाले जानकारी दिनुभयो ।मुख, बाँया खुट्टा र छातीमा चोट लागेका घाइते चालक सन्देशको सामुदायिक अस्पताल निजगढमा उपचार भइरहेको छ । अर्की घाइते बिनिताको देब्रे काँध, निधार र नाकमा चोट लागेको र उनको निजगढ ९ जमुना पैनीस्थित मुहमदीन मेडिकलमा उपचार भइरहेको तथा दुबै घाइते दुबैको अवस्था मध्यम रहेको निजगढ प्रहरीले जानकारी दिएको छ ।



















