राजन कुमार बानिया

पोखरिया,आरएम केडिया आँखा अस्पताल परवानीपुर र छिपहरमाई गाउँपालिकाको सहयोगमा र सभ्य सामुदायिक तालिम केन्द्र पर्साको आयोजनामा भएको एक दिने निःशुल्क आँखा शिविर शनिवार सम्पन्न भएको छ ।

पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ टिहुकीमा आँखा शिविर सम्पन्न भएको हो । स्वास्थ्य केन्द्र टिहुकी सेढामा आयोजना गरिएको निशुल्क आँखा शिविरमा ४ सय ३५ जनाले आँखा चेकजाँच गराएका थिए । परीक्षण गरिएका मध्ये २ सय ४ जनामा मोतियाबिन्दु फेला परेको आयोजक संस्थाले जनाएको छ । शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको थियोे । शिविरमा मोतियाबिंदु फेला परेकाहरुलाई निःशुल्क सल्यक्रिया समेत गरिने आयोजक संस्थाले जनाएको छ ।

आँखा शिविर उद्धाटन कार्यक्रममा प्रमुख अतिथि रहनु भएका छिपहरमाई गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताले भौतिक विकासको साथै मानवीय विकासको पनि जरुरी रहेको बताउनुभयो । उहाँले मानव जीवनमा आँखाको सबैभन्दा बढी महत्व रहेको बताउदै गाउँपालिकाकाले सर्वसाधारणको आँखा चेकजाँच गराइ मोतियाबिन्दु रोगीहरुको शल्यक्रियासमेत गर्ने बताउनुभयो ।

आँखा शिविर छिपहरमाई गाउँपालिका वडा नम्बर २ टिहुकीका वडा अध्यक्ष महेन्द्रप्रसाद कलवारको अध्यक्षतामा सम्पन्न भएको थियो । शिविरमा केडिया आँखा अस्पताल परवानीपुरका चिकित्सकहरु रासदेव साह, संतोष साह, राजेश अधिकारी, चनरमन पटेल लगायतले अाँखाका बिरामीको चेकजाँच गरेका थिए ।

शिविरको उद्धघाटन कार्यक्रममा वडा स्दसय बासुदेव साह, अमोदकुमार केवट र पत्रकार लालबाबु बानियालगायतको सहभागिता रहेको थियो ।

Leave a Reply