अहिले चिसो मौसम छ । हुनत अब यो मौसम लामो समय रहने छैन । किनभने माघको अन्तिम साता शुरु हुदैछ । माघ महिना सकिएपछि त तराईमा खासै चिसो हुदैन । फागुन लागेपछि चिसो अझै कम हुदै जानेछ तर यो मौसममा पनि आगलागीका घटना भएको खबर आएको छ ।

आगलागीका कारण भौतिक क्षति भएको छ । बारामा यस्तो भएको खबर आएको छ । चिसो मौसम अनि कहिलेकाँही पानी पनि परिरहेका कारण यस्तोमा आवस्थामा आगलागीका घटना नहुन पर्ने हो तर भएको त्यस्तै दखद खबर आएको छ । भौतिक क्षति पनि भएको छ जुन आफैमा दुखद कुरा हो । यस्ता घटनाबाट जोगाउनका लागि सचेत हुनु पर्दछ ।

अझै फागुन र चैत त झनै आगलागीका हिसावले जोखिमकै महिनाका रुपमा रहेको पाइन्छ । त्यसैले पनि आगलागीबाट थप क्षति हुन नदिनका लागि सावधानी र सचेतना अपनाउन आवश्यक छ । बेलैमा सचेत भएको खण्डमा मात्रै यस्ता दुर्घटनाबाट बेलैमा जोगिन सकिन्छ नत्र मानवीय र भौतिक क्षति हुनेछ ।

Leave a Reply