राजन कुमार बानिया

पोखरिया,नेपाल कम्युनिष्ट पार्टी (नकेपा) माओवादी केन्द्र जिल्ला कार्यसमिति पर्साले पर्सा क्षेत्र नम्बर २ मा अमिताब बच्चन दास रप्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ४ (ख) को संयोजकको जिम्मेवारी सन्तोष पटेललाई दिएको छ ।

नेकपा माओवादी केन्द्र पर्साका संयोजक रामदरश प्रसाद कोइरीको अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको बैठकले युवा नेता पटेललाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रको संयोजक तोकिएको पार्टीका जिल्ला सचिव बलेश्वरप्रसाद थारुले बताउनु भयो । आफुलाई विश्वास गरेर दिइएको जिम्मेवारी कर्तव्यनिष्ठ भएर पालना गर्ने युवा नेता पटेलले बताउनु भएको छ ।

पार्टीलाई क्रियाशील बनाउने र आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बिजयी बनाउने लक्ष्यअनुरुप काम गर्ने योजना रहेको पटेलले सुनाउनु भयो । त्यसैगरी बैठकले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को ईन्चार्जमा अमिताभ बच्चन दास र प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ को सहईन्चार्जमा इमदाद गद्दीलाई चयन गरेको छ ।

बैठकले पर्सा जिल्लाका १४ वटै स्थानीय तहमा पार्टी कार्यालय स्थापना गर्ने र पार्टीका जनवर्गीय संगठन निर्माण गर्ने निर्णय पनि गरेको छ । संगठन नभएका स्थानीय तहमा १ महिनाभित्र संगठन निर्माण गर्ने निर्णय पनि बैठकले गरेको पार्टीका जिल्ला ईन्चार्ज बिजय महतोले जानकारी दिनुभयो ।

Leave a Reply