समयसंगै नेपाली समाज पनि तीव्र रुपमा अगाडि बढ्ैछ । नेपाली समाज यसरी अगाडि बढ्छ की भावी पुस्ताले अब आफ्नो अघिल्लो पुस्ताबाट सिक्ने कुराहरु कमै देखिन थालेको छ । आजको जामानामा भनेको इन्टरनेटसंग धेरै जोडिएको छ । यसले पनि राम्रोसंगै नराम्रो पनि सन्देश दिँदै गएको छ । नेपाली समाजमा बिवाह आफैमा एक महत्वपूर्ण संस्कार हो । बिवाह जीवनमा एक पटक मात्रै गरिन्छ भन्ने चलन र सोच नेपाली समाजमा आज पनि विद्यमान छ ।
तर, पछिल्ला दिनमा बिवाहको बिषयमा समेत विकृति भित्रिन थालेको छ । घरबारे मात्रै होइन छोराछोरीको नै घरबार बसाल्ने बेलामा घर बिग्रिएका छन् । यस्तै तराई मधेशमा त झन् बिवाहलाई स्वार्थसँग जोडिने गरेको छ । दाइजो वा दाइजोको नाउमा महिलाहरुमाथि खेलवाड हुनेक्रम अझै जारी छ । पर्सा प्रहरीले बिवाहको लोभ देखाएर बलात्कार गरेको अभियोगमा दुईजनालाई पक्राउ पनि गरेको छ ।
यो त एउटा प्रतिनिधि घटना मात्र हो हाम्रो समाजको । समाजमा यस्तै थुप्रै व्यक्तिहरु रहेका छन् । जसले महिलामाथि खेलवाड गरेको पाइन्छ । बिवाह भनेको वास्तवमा सामाजिक संस्कार हो । यो संस्कार जीवनमा वैद्यानिक रुपमा एक पटक मात्रै गरिन्छ यसलाई फेरि गर्नका लागि कानुन र धर्मले समेत छुट कम दिएको छ । त्यसैले पनि सामाजिक संस्कारका विषयमा नयाँ पुस्ताले ध्यान दिन आवश्यक छ ।