अनिल तिवारी
सिमरा, १४ मंसिर । प्रत्येक पाँच वर्षमा एक पटक लाग्ने गाढीमाई मेला मसिर १ गतेबाट सुरु भए लगत्तै मेला भर्न र दर्शन गर्न भक्तजनहरु घुइँचो लाग्न थालेको छ । गाढीमाई मेला विश्वमा नैं सबै भन्दा बढी बलिदिने मेलाको रुपमा प्रख्यत रहेका छ । भारत सरकारले बलिको बिरोध गर्दा र नेपालमा पनि बलिमा सर्वच्च अदालतले निरुत्साहित गर्ने भने पछि बलि अगावै भाकल गरेकाहरु बलि ल्याएर जिम्मा लगाउने गरेका छन् ।
बलिको २० दिन अगाडी नंै भारत विहारको सितामढी र सिवाहर जिल्लाबाट भाकल गरेका राँगा, खसी ल्याएर गढीमाई मेला व्यवस्थापन मुल समितिमा बुझाएका छन् । बलि अगावै बलि दिने परिसरमा रांगाहरु भित्रिने क्रम जारी रहेको हेरालु पुरन महत्तो कोईरीले बताउनुभएको छ । मंसिर १७ गते भारतको सिवान जिल्लाबाट बलि दिनेहरुले ल्याएर जिम्मा लगाएको उनले बताए । मुल समितिबाट यसको खानालाई पराल, घाँस, भुसा, दानाहरु पाउँने गरेको र आँफुले सबैको रेखदेख गर्ने गरेको बताउनुहुन्छ ।
साचो र स्वच्छ मनले गाढीमाईको दर्शन गरे आफ्नो भक्तजनको मनोकमना पुरा हुनेभएकाले लाखौं भक्तजनहरुको भाखल गरेको ईच्छा आक्न्छा पुरा हुँने धार्मिक मन्याता गाढीमाई दिन प्रति दिन बढदै आएको जनविश्वास आएको छ । बारामा पर्यटकीय सम्भावना बोकेका स्थलहरु मध्ये गढीमाई मन्दिर एक मुख्य धार्मिक पर्यटकीय स्थल हो । यहाँ प्रत्येक पाँच वर्षको अन्तरालमा भव्य मेला लाग्ने गर्दछ । पशुबलिको दृष्टीकोणले यो विश्व कै सबै भन्दा ठुलो मेला हो ।
अघिल्लो पटकको पंच वर्षिय मेलामा एक करोड पाँच लाख भन्दा बढी भक्तजनहरुले गढीमाईको दर्शन गरेको , २५ हजार राँगा र २० हजार भन्दा बढी बोकाको बली दिईएको गढीमाई मेला व्यवस्थापन समितिको तथ्याङ्गले जनाएको छ । लाखौं भक्तजनहरु दर्शन गर्ने र ठुलो संख्यामा पशुबली दिईने गढीमाई मेलामा दर्शनार्थीहरुको लागि डिलक्स शौचालयको निमार्ण गरिएको छ , भने सडक , विजुली , बजार व्यवस्थापन , सवारी पार्किङ्ग स्थल , खानेपानीको सरल सुलभ व्यवस्था गरिएको छ ।
गढीमाईको दर्शन सहिँत बली दिए पछि आँफुले चिताएको कुरा सजिलै पुरा हुँने विश्वासमा नेपाल लगायत भारतको विहार , उत्तर र मध्य प्रदेश , युपी , बंगाल , पंजाब , हरियाणा राज्यबाट आएका भक्तजनहरु मन्दिरमा रांगा, बोका, हाँस, कुखुरा र परेवा जस्ता पशुपंक्षीको बली दिने गरेका छन् ।