नरेश गुप्ता

बरियारपुर,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोल्हवी नगरपालिका वडा नम्बर– ११ का वडासचिव विनोदप्रसाद साहलाई बिहीवार दिउसो घुससहित पक्राउ गरेको छ ।

जग्गा नामसारी सिफारिस गर्दा सेवाग्राहीसँग तीन हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

सेवाग्राहीले दिएको सूचनाको आधारममा आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उक्त घुसबापत‍्को रकमसहित साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here