कलैया,बालमैत्री तथा स्थानीय शासनको अवधारण अनुरुप बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ं२ का छात्र छात्राहरुसंग मेयर÷उपमेयर कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

प्रसौनी गाउँपालिकाका वडा नम्बर ं२ का छात्र छात्राहरुको मनोबल बढाउने उदेश्यले प्रसौनी गाउँपालिकाको सहयोग र संरक्षण ग्रुप नेपालको आयोजनामा कार्यक्रम आयोजना भएको हो ।
छात्र छात्राहरुले गाउँपालिका अध्यक्ष र उपाध्यक्षसंग पालिकाभित्र शिक्षा, स्वास्थ्य, विद्यालयको भौतिक संरचना, स्टेशनरी, पोशाक, पुस्तकालय, विद्यालय प्रयोगशाला, विद्यालय बस, साइकल, सडक आफूहरुले बेहोर्नु परेका समस्याको बारेमा जिज्ञासा राखेका थिए । त्यसैगरी बालविवाह तथा दाइजो प्रथा, लैगिक हिंसा, सामाजिक बिभेद, सीपमुलक तथा रोजगारीमुलक कार्यहरुबाट के कति युवाहरु लाभान्वित भएका छन भनेर पनि सहभागीहरुले प्रश्न गरेका थिए ।
छात्रछात्राहरुको जिज्ञासामा गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ता, उपाध्यक्ष गिता साह, वडा अध्यक्ष सुरेशप्रसाद साह र आनन्दप्रसाद गुप्ता लगायतले जवाफ दिनुुभएको थियो । कार्यक्रममा सहभागी छात्रछात्राहरुले राखेका प्रश्नलाई सहज रुपमा लिएर जनप्रतिनिधिहरुले जवाफ दिएको र गाउँपालिकाले बालबालिकाहरुको जिज्ञासालाई गंभीरताका साथ सुनेको कार्यक्रमकी सहभागीे कंचन साहले बताउनुभयो ।
कार्यक्रमको सजीकरण बृजमोहन कुशवाहा, मुकेशकुमार र कृष्णप्रसाद यादवले गर्नुभएको थियो । कार्यक्रममा प्रसौनी गाउँपालिकाका ७ वडाका ९५ जनाको सहभागिता रहेको थियो ।


















