गएको वर्ष नेकपा एमालेका अध्यष प्रधानमन्त्री भएका बेला संसद दुई पटक विघटन गरे । संसद विघटनपछि एमालेसंगै रहेका माधव नेपालहरुले नयाँ पार्टी खोले भने प्रचण्डहरु फेरि माओवादी भए । अनि कांग्रेससंग उनीहरुले ओलीका बिरुद्धमा मोर्चा बनाए र आन्दोलन गरे अनि ओलीको सरकार ढाल्न पनि सफल भए ।

ओलीको सरकार बर्हिगमन भएपनि देउवाले यो देशको कार्यकारी भूमिका सम्हालेका छन् । पटक पटक असफल भएका देउवा फेरि प्रधानमन्त्री बन्न सफल भए उनीकै पालामा राष्ट्रिय सभाको चुनाव चैं भएको छ । अब अमेरिकी सहयोग परियोजना पास गराउनका लागि ठूलो खेल भइरहेको कुरा बाहिर आएको छ । यसका लागि देउवा लागि परेको कुरा पनि आएको छ ।

एमसिसीका बिषयमा गबन्धनमा बिमति भएकाले यसैका कारण गठबन्धन सकिने आकलन सहित खेल पनि भइरहेको छ । यदि यसैका कारण गठबन्धन भत्किए त ठूलो कुरा भएन तर एमालेले पनि यसलाई पास गराउन भूमिका खेलेको खण्डमा भने एमाले इतिहासका लागि कालो धब्बाको पार्टीको रुपमा रहनेछ । एमाले गबन्धन भएपनि ठूलै छ आत्तिनु पर्दैन । देउवालाई एमसिसीका लागि बोक्न पर्दैन यो बिषयमा ऊ बेलैमा स्पष्ट हुन आवश्यक छ ।

Leave a Reply