बरियारपुर,बाराको सुवर्ण गाउँपालिकामा अवस्थित सिमा सुरक्षा वल कवही गोठ संरक्षणको पर्खाइमा रहेको छ ।

सशस्त्र प्रहरी सिमा सुरक्षा वल भवनको छेउमा रहेको पोखरीको डिलको माटो कटान बढेपछि त्यँहा रहेका रुखहरु ढल्न थालेका छन । रुख ढल्ने र ढिलको माटो भत्किने क्रमसंगै बिओपी भवन पनि संकटमा परेको छ ।

करिब १२ हेक्टर क्षेत्रफलमा रहेको पोखरीमा पक्की डिल निर्माण नभएकाले उक्त क्षेत्रमा रहेका रुखहरु ढलेर नष्ट हुने अवस्थामा पुगेको सशस्त्र प्रहरी निरीक्षक अमृत दुलालले बताउनुभयो । उक्त पोखरी सुवर्ग गाउँपालिकाले ५ वर्षको लागि ठेक्कामा लगाएको छ । सशस्त्र प्रहरी सिमा सुरक्षा बलको भवन अगाडि लगाइएको रुखहरु नष्ट हुने अवस्थामा पुगेको छ । पोखरीको डिल संरक्षण गर्नको लागि सुवर्ण गाउँपालिका अध्यक्ष महेन्द्र यादवलाई जानकारी गराउदा पनि कुनै चासो नदिइएको बताइएको छ । पोखरीको डिल समयमै संरक्षण हुन सकेन भने वरिपरी लगाइएका रुख ढलेर नष्ट हुने अवस्था सृजना भएको देखिएको छ ।

कानुनले आफनो क्षेत्रभित्र रहेका मठ मन्दिर, पोखरी लगायतका सार्वजनिक स्थानहरुको संरक्षणको अधिकारी र जिम्मेवारी स्थानीय तहलाई दिइएको भएपनि सुवर्ण गाउँपालिकाले भने संरक्षणमा ध्यान पुरयाउन नसकेको आरोप छ ।

Leave a Reply