वीरगञ्ज, ८ असोज
पर्सा जिल्लाको पश्चिमी भेगमा रहेको ठोरी गाउँपालिका अन्तरगतको ठुटे खोलामा पानीको लागि भारतीयहरु फेरी बखेडा झिकेका छन् । खोला हाम्रो हो भूमि हाम्रो हो तै पनी उक्त खोलाको पानी माथि उनीहरुले आफ्नो दाबी छोडदैनन् । कमी कसको हो ?प्रशासनको, जनप्रतिनिधिको वा केन्द्रिय सरकारको ? प्रश्न यतिखेर अनुत्रित छ ।

हुलाकी राजमार्गमा कालो पत्रे सडक बनाउँदाको बखत पारी पट्टी भारत विहारको सिमाना गाउँ पश्चिम चम्पारणको भिखना ठोरीमा बसेका एसएसवीका जवानहरु आई उक्त सडक बनाउनमा अवरोध खडा गरेका थिए ।

पछि पारी पटीका पश्चिम चम्पारणका डिएम तथा एसपीहरु तथा नेपाल तर्फका सिडिओ, एसपी, सशस्त्र प्रहरी बलका एसपी समेत बसी उक्त विवादको समाधान गरेपछि मात्र हुलाकी सडकको निर्माण अघि बढेको थियो । ठुटे खोलाको पुल बन्दा पनि त्यसैगरी विवाद उत्पन्न गरेका थिए । तथापी अस्तिसम्म पनि ठुटे खोला माथि बनाइएको पुललाई संचालन हुन दिनबाट रोक लगाई आफ्नो अहम्ता देखाएका थिए । नेपाल भारतको सिमानामा रहेको खोलाको छेउमा गाडीएको सिमास्तम्भ ४३५ नं. प्रष्ट रुपमा देखिएको भएपनि सिमा भित्रै बनाइएको सडकबाट यातायातका साधानहरु भारतीयहरु संचालन गर्नमा रोक लगाई आफ्नो कब्जामा राखेका थिए ।

तथापी उक्त नम्बरको सिमास्तम्भ त्यहाँबाट अझै २ सय मिटर दक्षिणमा गाडीएको गौतम नगरका सुर्य लामालाई अझै सम्झना रहेको छ । ठुटे खोलाको वारी पटिबाट खोलाको मुहानमै बाँध बनाई कुलो मार्फत सम्पूर्ण पानी आफ्नो क्षेत्रमा लग्ने गरेको जगजाहेर नै थियो । पानी हाम्रो भूमि हाम्रो सिंचित हुने जग्गाहरु पारी पटिका भिखनाठोरी जमुनिया, सहोदरा आदि ठाउँका किसानहरुको । हामी भने चिल्लै । स्थानियहरुको लागि लाज मर्दो विषय भएको थियो ।

एकलौटी रुपमा भारतीयहरुले पानीको दोहन गरेको देखेर वारी पटि किसानहरु संघर्षमा उत्रेपछि बाध्य भएर उताका तथाकथित किसानहरु दुवै तर्फका प्रशासन समक्ष अर्को कुलो खनेर पानी लान सहमत भएका थिए । तर पनि भारतीयहरुको उक्त खोला माथि आफ्नो दाबी राख्न भने छोडका छैनन् । बेला बखत पानीको लागि विवाद उत्पन्न गर्दा सो कुरा त्यसै पनि पुष्टि हुन आउँछ ।

हिजो अस्तिको ठुटे खोला पानीको विवाद भएपछि दुवै तर्फका प्रशासक तथा जनप्रतिनिधिहरुले पानी लान त दिने तर आफ्नै भूमिबाट कुलो बनाई लान नेपाल पक्षकाले सर्त राखेपछि पारी पटिका प्रशासक तथा जनप्रतिनिधिहरु पनि उक्त सर्तलाई मान्न बाध्य भएको ठोरी गाउँपालिकाका प्रमुख लालबाबु श्रेष्ठले बताउनु भएको हो । उताका पुलीस प्रशासन पनि आफ्नो भारतीय भूमि भएर नै कुलो लान उताका किसानहरुलाई मनाउन बाध्य भएका थिए । होईन भने हामी प्रशासनहरु अब आईन्दा नेपाल तर्फ आएर बखेडा झिके भने कारवाही गर्न बाध्य हुने छौ, कडाई साथ प्रस्तुत भएपछि उत्ताका लाठी मुंग्री बोकी आउनेहरु लुरु—लुरु बाटो लाग्न बाध्य भएका थिए ।

Leave a Reply