निजगढ,निजगढ नगरपालिका वडा नं.१२ मा ग्रामीण बिकास सेवा समुहद्वारा आयोजित “सोनाम ल्होसार कप–२०८० अन्तर्गत निजगढ १० को लाल रिटर्न्स युवा क्लब, लाल र निजगढ ४ को निजगढ युवा क्लब पुरानो निजगढबीचको खेल बुधवार बराबरीमा टुङ्गिएको छ ।प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि भएको ट्राईब्रेकरमा पनि दुबै टोलीले बराबरी गोल गरेका थिए । दुई टोलीबीच बिहीवार दिउसो १ बजे फेरि पेनाल्टीमार्फत नतिजा निकालिने प्रतियोगिताका मुख्य रेफ्री सियाराम कुमरले जानकारी दिनुभयो ।निजगढ नगरस्तरीय प्रतियोगिताको उद्धाटन नगर प्रमुख सुरथ पुरीले गर्नुभएको थियो । उद्धाटन कार्यक्रममा नगर उप–प्रमुख सोममाया थिङ्ग, वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले, वडा नम्बर ११ का वडा अध्यक्ष सहईया गुरो, वडा नम्बर १० वडा अध्यक्ष आशाकाजी श्रेष्ठ, १३ का अध्यक्ष सुर्य घलानलगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता अन्तर्गत बिहीवार रतनपुर युनाइटेड युवा क्लब निजगढ– ११ र निजगढ सिटि क्लब निजगढ– ५ बीच दिउँसो २ः३० बजे हुने जनाइएको छ ।