नरेश गुप्ता

बरियारपुर,बाल विवाह तथा दहेज प्रथाविरुद्ध आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८ लक्ष्मीपुर कोतवालीमा २ दिने सचेतनामूलक कार्यक्रम शुक्रबारबाट सुरु भएको छ ।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित महिला उत्थान तथा विकास नेपाल आयोजना तथा आदर्श कोतवाल गाउँपालिकाको आर्थिक सहयोगमा सुरु भएको दुई दिने कार्यक्रमको संस्थाका अध्यक्ष मन्चुन देबी साहको अध्यक्षतामा भएको हो ।

नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय कोतवालीमा सुरु भएको बाल विवाह तथा दहेज प्रथा विरुद्धको तालिम कार्यक्रममा सहभागी महिलाहरुलाई महिला तथा बालबालिका सेवा केन्द्र बाराका प्रहरी निरीक्षक भरत अधिकारी, डा. मुना कुशवाहा र सावित्री जैसवालले प्रशिक्षण दिइरहनु भएको छ ।

कार्यक्रमको उद्धाटन सत्रमा बोल्ने वक्ताहरुले समाजमा विद्यमान बाल विवाह तथा दहेज प्रथा जस्ता कुरुतिलाई निरुत्साहित स्थानीय स्तरबाट नै लाग्नु गर्नु पर्नेमा जोड दिइएको थियो । बालबालिकाको विवाह गर्ने उमेर कानुनले २० वर्ष तोकेको भएपनि अभिभावकहरुले उमेर नपुगी विवाह गरिदिने चलन रहेको र यसलाई हटाउनु पर्नेमा सरोकारवालाहरुले कार्यक्रममा जोड दिएका थिए ।

बाल विवाह गर्ने गराउने पुरोहित, आमाबुबा सबैजना अपराधी भएकोले मुलुकी अपराध संहिता ऐन २०७४ मा तीन वर्ष कैद र १० हजारसम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेको सहभागीलाई जानकारी गराइएको थियो ।

त्यसैगरी विवाहमा दाइजो लेनदेन गर्ने कार्य सामाजिक अपराध भएकोले यसलाई पनि निरुत्साहित गर्न समाजिक अगुवा र अभिभावकहरु नै अगाडि सर्नु पर्नेमा जानकारी गराइएको थियो । सो अवसरमा वडा नम्बर ८ का वडा अध्यक्ष रामएकबाल यादव, स्वास्थ केन्द्र कोतवालीको प्रमुख नरेन्द्रकुमार गुप्ता लगायतले बाल विवाह तथा दहेज प्रथा समाजिक कुरुति रहेकोले यसलाई निरुत्साहित गर्नु पर्नेमा जोड दिनु भएको थियो । सो अवसरमा स्थानीय महिला, विद्यार्थीलगायत संचारकर्मीहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रमको संचालन अनिल पाण्डेयले गर्नु भएको थियो ।

Leave a Reply