काठमाण्डौ,नेकपा एमालेको ११औं महाधिवेशन नजिकिएका बेला वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टै दस्तावेज पार्टीमा बुझाउनुभएको छ ।यही मङ्सिर २७ गतेदेखि शुरू हुने ११औं महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा आफूहरूले उठाएका कुरा पनि समेट्न आग्रह गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आज च्यासल पुगेर महासचिव शङ्कर पोखरेललाई अवधारणपत्र बुझाउनुभएको हो ।

अवधारणापत्रमा वरिष्ठ उपाध्यक्ष पोखरेलले नेतृत्वको दुई कार्यकाल र ७० वर्षे उमेर हदलगायत विषय पार्टीमा विधि बनिसके पनि तोडमोड गरिएको कुरा उल्लेख गर्नुभएको छ । यस्ता कुराले पार्टीमा समस्या ल्याउने उहाँको भनाई छ ।
एमाले महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लाग्नुभएका पोखरेलले प्रतिनिधिसभा विघटन र सुशीला कार्की नेतृत्वको सरकार गठन संविधानलाई कम क्षतिमा जोगाइराख्ने आपत्कालीन विकल्प रहेको निष्कर्ष पनि पेश गर्नुभएको छ ।
अन्तरिम सरकारलाई चुनाव गराउन सघाउने र दबाव दिने बाध्यता रहेको भन्दै पोखरेलले अध्यक्ष केपी शर्मा ओलीमाथिको स्थान हद हटाउन माग गर्नुभएको छ ।पार्टीको निर्माण, सञ्चालन, सामूहिक नेतृत्व तथा पार्टीभित्रको नियन्त्रण र सन्तुलनको परिचालन कसरी हुनुपर्छ ? भन्ने विषयमा केन्द्रित भएर आफूहरूले अवधारणा पत्र तयार पारेको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो ।एमालेको महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म काठमाण्डौमा हुँदैछ ।

Leave a Reply