शुक्रवार संबिधान अनुसार नेपालका विभिन्न स्थानीय तहहरुले आगामी आर्थिक बर्षका लागि बजेट पेस गरेका छन् । उनीहरुले संविधानमा भएको व्यवस्था बमोजिम नै बजेट ल्याएका हुन् तर यसपालीको बजेटका सवालमा सबै स्थानीय तहले भनेको समयमा ल्याउन भने सकेका छैनन् । बाराको नै कतिपय स्थानीय तह यो पटक समयमा नै बजेट ल्याउन असफल भएका छन् । समय भनेको असार १० गते नै हो ।

त्यसो त यो पहिलो र नौलो कुरा भने होइन । जुन ठाउँमा पार्टीको बहुमत छ त्यो ठाउँमा बजेट सहज रुपमा आएको देखिए पनि अन्य स्थानमा भने बजेट सहज रुपमा आएको देखिदैन । बाराको जीतपपुर सिमरा सहितका केही स्थानहरुमा समस्या देखिएको छ । यसले स्थानीय तहरुलाई कतिपय नीति बनाउन र बनाएका नीतिहरु कार्यान्वयन गर्न चुनौति खडा हुनेछ ।

फरक दलको बहुमत भएको स्थानमा मेयर र उपमेयर एकातिर हुँदा स्वार्थ बाझिने भएकाले सहजमा रुपमा बजेट आउन सक्ने कुरै भएन । मेयर र उपमेयरले पनि आफूलाई ठूलै संझनुले पनि समस्या सृजना भइरहनेछ । सबै निर्वाचित जनप्रतिनिधिहरुले कम्तीमा आफूलाई सेवकको रुपमा लिएको खण्डमा त यस्ता समस्या आउने थिएनन् होला तर उनीहरुले आफूलाई शासकनै मान्ने गरेका छन । त्यसैले पनि बजेट ल्याउनमा समस्या भएको हो भने बजेट अझै आम नागरिकहरुमुखी भने छदै छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here