करैयामाई,बाराको करैयामाई गाउँपालिकामा तीन महिने सिलाइ कटाइ तालिम सुरु भएको छ ।

मानव कल्याण जिल्ला समितिको आयोजना तथा करैयामाई गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सुरु भएको हो ।

तालिमको गाउँपालिकाकी उपाध्यक्ष चित्रलेखा चौधरीले उद्धाटन गर्नुभएको थियो । करैयामाई गाउँपालिकाद्वारा सीप सिकौं आत्मनिर्भर बनांै भन्ने मुल नाराका साथ महिलाहरुका लागि तीन महिने सिलाइ काटाइ तलिम शुरु भएको हो ।

तालिम कार्यक्रमको उद्घाटन गर्दै उपाध्यक्ष चौधरीले सिलाइ कटाइ सीपले आय आर्जनमा टेवा पुग्ने र दैनिक जीवनमा सुधार ल्याउन मद्दत पुग्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीसहित विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो । सिलाइ कटाइ तालिमको प्रशिक्षक सरिताकुमारी रहनु भएको छ ।

Leave a Reply