नेपाली राजनीतिमा अहिले चतुर खेलाडीको रुपमा एमालेमा अध्यक्ष केपी ओलीलाई नै लिन सकिन्छ ।
नेपाली काँग्रेसलाई राजनीतिक रुपमा असफल बनाउनका लागि केपी ओलीले पछिल्लो समय चालेको कदमहरु निकै अर्थपुर्ण छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेससंगको गठबन्धन तोडेपछि रन्थनिएको काँग्रेस वर्तमान गठबन्धन पनि भत्काउन चाहन्छ तर उसले सफलता हासिल गर्न सकेको छैन । कयौं प्रयासहरु एमाले अध्यक्ष केपी ओलीले भत्काइ दिएको देखिन्छ ।

जसपा विभाजन गरेर एउटा खेल केपी ओलीले खेलेकै हो भने अर्को गृहमन्त्री रवि लामिछानेका विषयमा भएको अर्को संवाद अनि सहमति । लामो समय सदन अवरुद्ध गरेको काँग्रेस अन्ततः छानबिन समिति बनाउन त सहमत भएको छ तर समय सीमा भने तीन महिनाको छ ।तीन महिनामा नेपालको राजनीति कता जान्छ कसले भन्न सक्ने ? कम्तीमा तीन महिनासम्म त गृहमन्त्रीको पद अब सुरक्षित रहन पुग्यो नि ? यही हो, राजनीमिा खेल भनेको हो ।सामान्य खेलले अहिलेको राजनीति पार लाग्नेवाला थिएन तर केपी ओलीको राजनीतिक चलाखीपनले सबै समस्या हल भएको छ । बजेट पनि आएको छ । गृहमन्त्रीको पद पनि जोगिएको छ भने काँग्रेसको माग पनि संबोधन भएको छ तर काँग्रेसको मागको भने खासै अर्थ छैन त्यो नेपाली काँग्रेसले बुझ्ने कुरा हो । जे भएपनि यो संसदीय समितिले दिने प्रतिवेदन यसै पनि कार्यान्वयन हुनेमा भने अब आशंका छ नै ।

















