बसन्त लामा
सिगौंल,हुरीले ढालेको रुखले थिचेर विजुलीको पोल भाँचिएर ट्रान्सफर्मरमा क्षेति पुगेपछि निजगढ नगरपालिका वडा नम्बर ३ सिगौलमा शनिबार रातिबाट अवरुद्ध बनेको विजुली अझै सुचारु हुन सकेको छैन ।
शनिवार राति २ बजे आएको हुरीले ढलेको रुखले थिचेर ट्रान्सफर्मर राखिएको ४ वटा सहित ७ वटा पोल भाँचिएपछि अवरुद्ध बनेको यस क्षेत्रको विद्युत आपूर्ति सुचारु हुन नसकेको हो । विद्युत अवरुद्ध बनेपछि वडा नम्बर ३ का अधिकांश घर र छिमेकी जिल्ला मकवानपुरको बकैया गाउँपालिकास्थित राजुवा, ढिकीफेदी, इपिल बस्ती, भालुखोप, धोबी डाँडा लगायत बस्तीका बासिन्दा समेत अध्यारोमा बस्न बाध्य भएका छन ।
राति अचानक आएको बतासले वडा कार्यालय नजिकै रहेको जमुनाको रुख ढलेर थिच्दा विजुलीको पोल, तार र ट्रान्सफर्मरमा क्षेति पुगेको थियो । यसैबीच कर्मचारीहरुले ट्रान्सफर्म, पोल र तार मर्मत कार्य गरिरहेको र चाढै नै विद्युत सुचारु हुने विद्युत वितरण उपशाखा निजगढले जनाएको छ । तर क्षेति धेरै भएकोले मर्मत कार्य पूरा गर्न १÷२ दिन लाग्न सक्ने प्राधिकरणले जनाएको छ ।















