बीरगंज, १५ भदौ ।
पर्साको ठोरीमाजारी तिजकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा निर्मल समाज युवाक्लब र वनशक्ती युवाक्लब बीच प्रतिष्पर्धा हुने भएको छ । बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा गोल्डेन इमिनेट वसन्तपुर माडीलाई पराजितगर्दै निर्मल समाज युवाक्लब ठोरी ४ ले फाइनलयात्रा तय गरेको हो । बुधबार भएको खेलमा दुबै टिमले निर्धारित समयमा गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो ।

ट्राइबेकरमा गोल्डेन इमिनेटलाई ५–४ को गोल अन्तरले पाखा लगाउ“दै निर्मलले वनशक्ति युवाक्लब ठोरी २ स“गको भेट पक्का गरेको हो । बुधबार भएको खेलको म्यानअफदीम्याच निर्मल समाजका गोलरक्षक प्रवीण लामा घोषित भए ।

वनशक्ति, आयोजकनिर्मल समाजक्लब ठोरी १ लाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको हो ।
फाइनल खेलशुक्रबार हुने आयोजक निर्मल समाजक्लब ठोरी १ ले जनाएको छ । प्रतियोगिताको बिजेता टिमले नगद रु ५६ हजार १सय र मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ भने उपबिजेता टिमले नगद रु ३१ हजार १ सय र मेडल तथा प्रमाणपत्र प्राप्तगर्ने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply