निजगढ,निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले सोमवार बाराको कोल्हबी र रौतहटको चन्द्रपुर नगरपालिकाकाका सामुदायिक विद्यालयका शिक्षक र नर्सहरुलाई १ दिने आँखा स्वस्थ्य सम्बन्धि तालिम प्रदान गरेको छ ।तालिममा दुबै नगरपालिकका १५-१५ गरी ३० जना शिक्षक र स्कुल नर्सलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको निजगढ तिलगंगा आँखा अस्पतालका दिपक सुवेदीले जानकारी दिनुभयो ।अस्पतालले मंगलवार निजगढका शिक्षक र नर्सहरुको लागि तालिमको आयोजना गरेको छ ।उहाँअनुसार सहभागीहरुलाई तिलगंगा आँखा अस्पतालका बरिष्ठ नेत्र विशेषज्ञ नेत्र राजवंशी र हेटौडा आँखा अस्पतालका विशेषज्ञ कृष्णराज ढुङ्गानाले तालिम दिनुभएको थियो ।

















