बरियारपुर,सिमरा विमानस्थलबाट काठमाण्डौ जाने यात्रुको चेक जाँच गर्ने क्रममा विमानस्थल सुरक्षागार्डले २ हजार दरको १ सय थान प्रतिवन्धित भारतीय नोट बरामद गरेको छ ।

विमानस्थलको प्रस्थान कक्षमा यात्रुहरु चेक जाँच गर्ने क्रममा भारत बिहार नवाधा थाना अक्बरपुर बस्ने वर्ष ३८ का शिव शंकर बब्लुको साथबाट नेपालमा प्रतिबन्धित २ हजार दरका १ सय थान जम्मा दुई लाख रुपैया फेला परेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

बरामद नोटसहित बब्लुलाई आवश्यक कारवाहीको लागि क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

 

Leave a Reply