वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले जन अपेक्षा अनुसार काम गर्न सकेको छैन ।त्यसो त नेपालीहरुलाई हिन्दी चलचित्रमा नायकको जस्तो काम होस भन्ने चाहना छ, त्यो पनि संभव नहोला । चलचित्र र यथार्थ जीवन धेरै फरक कुरा हो । तैपनि फेरि परिवर्तन हुन आवश्यक छ । ढिलो चांडो परिवर्तन त हुनु पर्दछ । परिवर्तन गर्ने विषयमा आलटाल भयो भने चैं त्यो घातक हुन्छ ।
यसअघिका सरकारहरुले यस्तै अभ्यास गरेका थिए तर यही बाटोमा कार्की सरकारलाई हिँडने छुट छैन । मुख्य त यो सरकारले केही राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेको छ । विगतका सरकारहरुले कार्यकर्ता व्यवस्थापनको नाउमा यस्तो हर्कत धेरै गरेका छन । अझै कतिपय स्थानीय तहमा यो समस्या छ तर संघीय सरकारले कडाइ गरेपछि पैसाको अभावले उनीहरुले यो हर्कत दिल खोलेर गर्न पाएका छैनन । यो आर्थिक भार मात्र हो ।
सरकारले यसमा जति कडाइ गर्छ उत्तिनै देशमा आर्थिक भार कम हुने हो । विगतमा यो विषयमा मनलाग्दी भएकै थिए । नियम कानुनका आधारमा यो सरकार चल्नु पर्दछ र अरुलाई पनि यो शिक्ष दिनु पर्दछ । गलत नियुक्ति, देशलाई आर्थिक भार पर्ने नियुक्तिहरु कुनै दल वा नेता रिसाए पनि जे भएपनि बदर गरेको धेरै उचित हो । यो मार्गमा यो सरकार लाग्दा केही हदसम्म मात्रै भएपनि देशको भलो हुनेछ ।
















