सुक्रबार विहान तरकारीबारी अनुगमनमा मन्त्री साहको टोली ।

पुष्पराज खतिवडा
मन्हर्वा –  प्रदेश २ का भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलन्द्र साहले एकाविहानै तरकारी बालिको निरिक्षण तथा अनुगमन गरेका छन् । प्रधानमन्त्री आधुनिकिकरण परियोजना अन्तरगतको तरकारी ब्लक कार्यक्रमको सुक्रबार विहान मन्त्री साहको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका ११को सिसहनियामा निरिक्षण तथा अनुगमन गरेको हो । मन्त्री साह सहित टोलीमा संघिय सांसद रामबाबु यादव, प्रदेशसभा सदस्य पारस साह , प्रदेश २ कृषि विभागका निर्देशक रत्न कुमार झा, कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र प्रसाद यादव लगायत तरकारी बारीमा पुगेका थिए ।

 

 

 

 

 

स्थानिय किसानहरुले लगाएको तरकारी बालिको अवलोकपछी आयोजित तरकारी किसानहरुसँगको अन्तरकृया कार्यक्रममा बोल्दै मन्त्री साहले प्रदेश २ लाई कृषि प्रदेशका रुपमा विकास गरिने बताए । कृषि ,उद्योग र पर्यटनमा प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउँदै कृषि क्षेत्रको विकास विना प्रदेशको विकास कल्पना गर्न नसकिने मन्त्री साहको भनाई थियो । प्रदेश २ मा ८९ प्रतिशत जनाता कृषिमा आवद्ध छन् । कृषिमा आवद्ध किसानको समृद्धिबाट मात्रै प्रदेश समृद्ध हुने उनको भनाई थियो । त्यसका लागि आवश्यक ब्यवस्थापनमा सरकार लागि परेको मन्त्री साहको भनाई छ ।

 

 

 

 

 

 

 

 

त्यस्तै संघिय सांसद रामबाबु यादवले किसानका पिडामा सरकारहरु उदासिन रहेको बताए । जंगली जनवारको आतंक, उपयूक्त सिंचाईको अभाव, कृषियन्त्र, मलविउको चर्को मुल्यले किसान पिडामा रहेको उनको भनाई छ । मुलकमा ६४ प्रतिशत जनता कृषिमा लाग्दा समेत बर्षेनी खर्बौको कृषिजन्य बस्तु आयात हुनु दुःखको कुरा भएको उनले बताए । प्रदेश २ कृषिका लागि उर्भर भएपनी प्रदेश सरकारले सोको सदुपयोगमा खासै काम गर्न नसकेको सांसद यादव भनाई थियो ।

 

 

 

 

 

 

 

 

कार्यक्रममा प्रदेश सभा सदस्य पारस साहले कृषि प्रविधि साना किसानको पहुँच बाहिर रहेको बताए । प्रविधिको विकास र प्रयोगको जमानामा हातले गरिने कृषिले जिवन धान्ननै मुस्कील भैरहेको उनको भनाई छ । कृषिलाई ब्यवसायिक रुपमा विकास गर्न सके बढ्दो यूवा पलायन रोक्न सकिने भन्दै कृषिमा सरहकारी सहयोग वृद्धि गर्न प्रदेशसभा सदस्य साहले पन्त्री समक्ष माग गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here