संविधान अनुसार स्थानीय तहको निर्वाचनको समय अब सकिदैछ । अबको चार महिनापछि वा बैशाख मसान्तभित्रमा निर्वाचन गर्नुपर्ने छ । तर राजनीतिक दलहरुको आफ्नो स्वार्थका कारण पनि समयमा चुनाव हुनेमा आशंका उत्पन्न भएको थियो र यो आशंका अझै पनि जारी छ यद्यपि राजनीतिक दलहरु चुनावका लागि तयार भए भने कसरी गर्ने भन्ने प्रश्न पनि छ ।

हुनत सरकारमा रहेका राजनीतिक दलहरुले चुनाव बैशाखमा नै गर्न तयार रहेको कुरा आएको छ । अब सरकारका रहेका दलहरु सहमत भए भनेपछि चुनाव बैशाखमा होला नै । दलहरुले आफ्नो स्वार्थमा आधारमा भन्दा पनि उनीहरुले नै बनाएको संविधानको आधारमा भने चुनाव गर्नुपर्दछ । एमाले त यसअघि नै बैशाखमा चुनाव होस् भन्ने पक्षमा छ सायद ।

तर मुलुकमा देखिएको कोरोना भाइरस लगायतको समस्याका कारण भने चुनाव बैशाखमा हुने संभावना कमै देखिन्छ । कोरोनाको तेश्रो तहर फैलिएको छ देशभर । पहिलो र दोश्रो लहरबाट आजित बनेका नेपालीहरु तेश्रो तहरबाट प्रताडित हुने आशंका उत्पन्न भएको छ । यसरी कोरोना माहामारीकैबीचमा चुनाव नहुने अवस्था आए सरकारले यस बिषयमा पनि सोच र नीति बनाउने भने आवश्यक छ ।

 

Leave a Reply