नेपालको गणतन्त्र स्थापना भएको धेरै वर्ष भयो । करिब १५ वर्षभन्दा लामो समय भयो र गणतन्त्र ल्याउनका लागि योगदान कम गर्नेहरुबाट नै गणतन्त्रको हुर्मत लिने काम दोश्रो पटक भएको छ । राजस्ंथाले गलत गरेपछि नेपालमा राजसंस्था अन्त्य गरियो र नेपालमा जनताको छोराछोरीलाई राष्ट्र प्रमुख बनाइयो । तर राष्ट्र प्रमुखबाट संविधानको हुर्मत लिने काम भएको छ । संरक्षकबाट संविधानको हुर्मत र मजाक गर्ने काम भएपछि अब आम नागरिकरुमा बर्तमान व्यवस्थाप्रति नै वितृष्णा पैदा गराएको छ ।
गएराति राष्ट्र प्रमुख र प्रधानमन्त्रीबाट भएको संविधानको हुर्मत लिने काम भएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर आम निर्वाचनमा जाने घोषणा गरेका छन् । वास्तवमा संविधानको व्यवस्था अनुसार चुनावमा जानु गलत होइन र निर्वाचन पनि एकदमै सत्य कुरा हो तर समय परिस्थिति अनि शासकको नियतले भने यस्तो कुरा दर्शाउदैन । प्रधानमन्त्रीको तर्फबाट यो पहिलो पटक भएको विघटन पनि होइन ।
त्यसैले पनि शासकहरु अन्धो हुन्छन् भन्ने कुरा समयले समेत प्रमाणित गरेको छ । संविधानको धारा ७६ को ५ अनुसार नया सरकार बनाउने आधार हुदाँहुदै संसद मध्यरातमा विघटन गरिएको छ । अहिलेका नेपालका शासक लगभग अन्धा नै छन् भन्ने जस्तो लाग्छ । अब यिनीहरुबाट संविधान र उपलव्धीको रक्षा हुने संभावना सकिएको छ । अनि आफुलाई मधेशको मसिया बताउनेहरुबाट पनि सर्तक हुनुपर्ने अवस्था भने आएको छ ।