कलैया,महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले वडा नम्बर १० का कार्यवाहक वडा अध्यक्ष नुरहसन मिया अंसारीमाथि दुव्र्यवहार गरेका छन ।

आर्थिक वर्ष ०७८÷०७९ मा नगर सभाबाट वडामा बिनियोजित २० लाख बजेट खर्च गर्ने बारेमा ध्यानाकर्षण गराउन नगरपालिका कार्यालयमा पुगेको बखत शुक्रबार नगर प्रमुख यादवले आफूमाथि दुव्र्यवहार गरेको कार्यवहाक वडा अध्यक्ष अन्सारीले बताउनुभयो । आइतबार कलैयामा पत्रकार सम्मेलनको आयोजना गरी अन्सारीले सो आरोप लगाउनुभएको हो ।

खाना पकाउने ग्यास सिलिन्डर वितरण गर्न भनेर वडा नम्बर १० को लागि विनियोजित रकम उपभोक्ता समितिमार्फत खर्च गर्न नदिएपछि सो विषयमा ध्यानाकर्षण गराउन खोज्दा नगरप्रमुख यादवले उल्टै आफूमाथि दुव्र्यवहार गरेको अन्सारीले बताउनुभयो । महागढीमाई नगरपालिका वडा न १० को अध्यक्ष चन्दन कुमार साहले आफ्नो कार्य व्यस्तताको कारण देखाउदै वडा सदस्य अंसारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको थियो ।

पत्रकार सम्मेलनमा अघिल्लो चार वर्षको अवधिमा नगरपालिकाले वडा कार्यालयमार्फत करिव १ करोड ४२ लाख रकममात्र खर्च गरिएको पनि पत्रकार समेलनमा जानकारी गराइएको थियो ।

पत्रकार सम्मेलनमा वडा अध्यक्ष चन्दनकुमार साहले आर्थिक वर्ष ०७८÷०७९ मा वडा नम्बर १० मा बिनियोजित २० लाख रकमसमेत नगर प्रमुख यादवले कटौती गरेको आरोप लगाउनुभयो । नगरपालिकाको नगर सभा र कार्यपालिकाको बोर्ड बैठकमा समेत आफुलाई नबोलाएर मेयर यादवले आफुखुशी निर्णय गरि योजनाहरु चलाएको वडा अध्यक्ष साहको आरोप छ । कार्यबाहक अध्यक्ष अंसारीमाथि भएको दुव्र्यवहारको भ्रत्सना गर्दै वडा अध्यक्ष साहले सो घटनापछि आफू धेरै चिन्तित बनेको पनि बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here