पुष्पराज खतिवडा

मनहर्वा,चुनाव प्रचारका क्रममा हुने घटना रोक्न जीतपुरसिमरा उपमहानगरपालिकामा बेलुकी ८ बजेपछि पार्टी कार्यकर्तालाई आफ्नोबाट अर्को गाउँ प्रवेशमा रोक लगाउने सर्वदलीय सहमति भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– १८ बाट वडा अधयक्षमा उम्मेदवारी दर्ता गराएका विभिन्न ५ दलका प्रतिनिधिहरुले चुनावमा स्वस्थ प्रतिस्पर्धा गर्न र मर्यादीत रुपमा चुनाव प्रचार अभियान संचालन राति ८ बजेपछि अर्को गाउँमा गएर प्रचार नगर्न यस्तो निर्णय गरेका हुन । मतदान नसकिँदासम्म एउटा गाउँटोलका व्यक्तिहरु बेलुकी ८ बजेपछि अर्को गाउँटोलमा पार्टीको प्रचारमा नजाने सर्वदलीय बैठकमा निर्णय भएको नेकपा एमालेबाट वडा अध्यक्षका उमेदवार बसन्त खतिवडाले बताउनुभयो ।

वडा अध्यक्षमा उमेदवारी दिएका दलका प्रतिनिधिहरुले वडामा हुने अन्य चुनाव प्रचार कार्यक्रमलाई पनि व्यवस्थित र मर्यादित पार्ने सहमति गरेका छन । लामिडाँडामा बसेको सर्वदलीय प्रतिनिधिहरुको बैठकले निर्वाचन आयोगले तोकेको समय बिहान ५ बजेबाट बेलुकी ८ बजेसम्म मात्रै चुनावी प्रचार गर्ने निर्णय गरेका छन् । बैठकले समय निर्धारणसँगै प्रचारप्रसारका नाममा रातको समयमा हुलदंगा गर्ने व्यक्तिहरुलाई कानुनी कारबाही गर्नेसम्मको निर्णय गरेको छ । बेलुकी ८ बजेपछि कुनै पार्टी कार्यकर्ताहरुले प्रचार प्रसारका नाममा हुलदंगा गर्न नपाइने निर्णयमा उल्लेख छ । निर्णयको विपरीत क्रियाकलाप गर्नेमाथि व्यक्ति कारबाहीको भागिदार हुनेछन् निर्णयमा भनिएको छ ।

नेकपा एमालेका खतिवडा, नेपाली कांग्रेस चतुरबाबु वाग्ले, नेकपा माओवादी केन्द्रका शिव ढुङ्गाना, जसपाका सितारामप्रसाद यादव र नेकपा समाजवादीका चन्द्रबहादुर बलको बैठकमा सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here