नरेश गुप्ता
बरियारपुर –   बाराको शहरी  तथा ग्रामीण  भेगमा अबैध  रुपमा संचालन गरिएको अबैध  घरेलु मदिरा भट्टि नष्ट गर्ने  अभियानलाई बारामा तिब्रता  दिईएको छ । जिल्ला  प्रहरी  कार्यालय बारा र मातहतको प्रहरी  युनिटबाट खटिएका  प्रहरीको टोलिले बारामा संचालन  रहेको अबैध  घरेलु मदिरा भट्टि नष्ट गर्ने अभियान  जारी रहेको बाराको प्रहरी  प्रवक्ता  गौतम  मिश्रले  बताउनु भयो ।
अबैध  रुपमा संचालन  रहेको  बाराको विभिन्न  स्थानको मदिरा भट्टिहरु खोजतलास  गरि नष्ट गर्ने अभियान  जारी राखिएको  प्रवक्ता मिश्रले  बताउनु भयो । जिल्ला  प्रहरी  कार्यालय बाराको प्रहरी  निरीक्षक प्रशान्त श्रेष्ठको कमान्डमा खटेको प्रहरी टोलिले  कलैया उपमहानगरपालिका २० बसतपुर तथा  देवताल गाउपालिका ५ पिपराढीमा संचालन  रहेको २ वटा घरेलु मदिरा भट्टि नष्ट गरिएको  जिल्ला  प्रहरी  कार्यलय बाराले जनाएको छ ।  भट्टि नष्ट गर्ने क्रममा  प्रहरीले  कच्चापदार्थ  ५०० लिटर  नष्ट गरिएको  छ ।

Leave a Reply