कृष्ण मोहन साह
सेढवा – नेपालमा प्रजातान्त्र माथि खतरा आउने सन्केत देखिएको नेपाली काङ्ग्रेसका नेता तथा पर्साका पुर्व सभासद रमेश रिजालले बताएका छन् । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ५ सन्कर सरैयामा आयोजित सामुदायिक भवनको उदघाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
देशमा नेकपाले जनता माथी शासन गर्न खोजेको आरोप लगाउदै उनले मधेसबाट नेतृत्व गरिरहेका मधेसी दलले मधेसका जनतालाई सिढी बनाएर सरकारमा जान खोजेको आरोप समेत लगाए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता रिजालले संविधान संसोधनको बाहानामा मधेसी दलका नेताहरुले मधेसका जनतालाई धोका दिइरहेको बताउदै नेपाली काङ्ग्रेस नेपाली जनताको हकहितका लागि काम गर्ने प्रतिबद्धता समेत जनाए ।
जिराभवानी गाउँपालिकाको आठ लाख र प्रदेश सभासद शन्कर चौधरीको संसदीय कोषबाट १८ लाख गरि कुल २६ लाखको लागतमा तीन कोठे भवनको बिहिबार उदघाटन गरिएको छ । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापती रमेश पाण्डेले २००७ साल देखि २०६२ साल सम्म नेपाली काङ्ग्रेसले देशमा नेतृत्व गरेको र अहिले नेकपाको सरकार भएकोले दुई तिहाइको दम देखाउदै नेकपाले सरकार चलाएको आरोप लगाउदै प्रधानमन्त्री केपि ओलिको कारणले देशको अवस्था बिग्रेको आरोप समेत लगाए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका महासमिती सदस्य बृहस्पति कृष्ण श्रेष्ठले नेकपाको कारणले गर्दा देशको अवस्था तहस नहस भएको आरोप लगाउदै नेकपा कै कारण देशका गरिब दलित जनजातिहरु टेण्टमा बस्न बाध्य भएको बताउदै देशमा शिक्षा , कृषि , स्वास्थको अवस्था दयनिय रहेको बताउदै सरकार नै अस्वस्थ रहेको बताए ।
कार्यक्रम नेपाली काङ्ग्रेस केन्द्रिय नेता तथा पुर्व सभासद रमेश रिजालको प्रमुख आतिथ्य तथा जिराभवानि गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दारा सिंह राउतको सभापतित्वमा समपन्न कार्यक्रममा प्रदेश सभासद शन्कर चौधरी , नेपाली काङ्ग्रेसका क्षेत्रिय सभापती रमेश पाण्डे महासमिती सदस्य बृहस्पति कृष्ण श्रेष्ठ ,वडा नम्बर १ का वडा अध्यक्ष सेख नुमान आजम , वडा नम्बर २ का वडा अध्यक्ष महादेव महतो , वडा नङ्तीगबर ३ का वडा अध्यक्ष उमेश सिंह लगाएत स्थानीयबासी भद्रभालादमी र राजनितिकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।