हुनत यो कुरा अलि हजम नहुन पनि सक्छ । सीमा नाका खुलेको हालसालै हो । भर्खर वीरगन्ज क्षेत्रको पर्यटकीय गतिविधिमा चहलपहल आइरहेको समयमा फेरि सीमा नाकाको कुरा गर्दा त अन्याय गरेको जस्तो पनि लाग्छ सक्छ । तर समयले नै यस्तो भनेपछि यसैमा चित्त बुझाउनुको बिकल्प पनि छैन ।

फेरि कोरोनाको नयाँ भेरियन्ट फैलिएको छ । नेपालमा कोरोनाको नयाँ ओमीक्रोन फैलिएकोमा खासै सोचिरहनु पर्ने अवस्था अब छैन । नेपालमा पछिल्ला दिनमा देखिएका सबै ओमीक्रोनका नयाँ संक्रमितहरु नै हुन् । त्यसैले पनि कोरोनाबाट जोगिनका लागि सचेत र सावधानी अपनाउन अब आवश्यक छ ।

यसका लागि भरातसंग सीमा जोडिएको क्षेत्रमा सावधानी अपनाउन एकदमै आवश्यक छ । शुरुमा नै सीमा नाका बन्द गरियो भने केही हदसम्म भएपनि कोरोना भाइरसबाट नागरिकहरुलाई जोगाउन सकिने छ । सीमा नाका बन्द गरेर तत्काल स्मार्ट लकडाउनको अवधरणा लागू गरियो भने कोरोना फैलनबाट जोगाउन सकिनेछ ।

Leave a Reply