हुनत हामीले कोही संचामाध्याम र संचारकर्मीलाई सिकाउन चाहेको होइनौं तैपनि नेपालको आमसंचार माध्याम कहिलेकाँही चिप्लने गर्दछन, जसका कारण नेपालको पत्रकारिता क्षेत्र नै बद्नाम हुने गर्दछ । जसले गर्दा पत्रकारिता क्षेत्रको विश्वनियतामाथि पनि प्रश्न उठ्ने गर्दछ ।आइतबार काठमाडौंको एक आम संचारमाध्याममा चितवनको क्षेत्र नम्बर ३ का विषयमा एक समाचार प्रकाशित भयो र जसले आम मानिस सहित पत्रकारहरुको पनि ध्यान तानेको छ । हुनत त्यो अनलाइनले केही आधारहरु पनि दिएको छ । अहिले आचारसंहिता जारी छ र निर्वाचन पनि नजिकिदै छ ।
यो अवस्थामा कसैको जीतको कुरा गर्नु नै ठीक कुरा त नहोला र आफ्नो बचाऊका लागि केही कुरा अनलाइनले गरेको देखिन्छ यद्यपि कम्तीमा यो आम संचारमाध्यामले गर्ने कुरा चैं नहोला ।

हजारौं मतदाता भएको ठाउँमा करिब एक हजारको मत वा विचार लिएर उसको पक्षमा राम्रो माहौल छ भन्नु ठीक नहोला । कसको पक्षमा राम्रो छ वा नराम्रो छ भन्ने कुरा संचारमाध्यामको होइन ।यसरी विश्लेषण गर्दै जाने हो भने कोही दल र उम्मेदवार निकट भएका सबैले यसरी नै प्रचार गर्नेछन् अनि निर्वाचको अर्थ पनि यस्तो भएपछि नहुनसक्छ ।
विश्लेषण गर्ने त धेरै पाटो हुन्छन् नै तर हचुवाको भरमा यसले वा उसले जित्छ वा जित्यो भनेर विश्लेषण गरिनु उचित होइन । यस्तोमा संचारमाध्यामहरु सचेत बन्नु नै पर्दछ ।

केवलल सतही विश्लेषणले भने काम गर्दैैन । बद्नाम भइन्छ र यसको भागीदार अरुलाई गराइन्छ । यस्तोमा संचारकर्मी र संचारमाध्याम जिम्मेवार बनौं ।

 

 

Leave a Reply