नरेश गुप्ता
बरियारपुर,जिल्ला विपद व्यवस्थापन समिति बाराले जिल्लामा शीतलहर प्रभावित दलित समुदायलाई बुधबार कम्बल वितरण गरेको छ । विपद व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले प्रसौनी गाउँपालिका वडा नम्बर ५ स्थित प्रस्टोेकाका १ सय घरधुरी दलित समुदायमा एकथानको दरले कम्बल वितरण गर्नुभएको हो ।
बिगत एक हप्तादेखि शीतलहरसगै जाडो बढन थालेपछि प्रजिअ कटुवालले जिल्ला विपद ब्यवस्थापन समितिकोतर्फबाट न्यानो कम्बल वितरण गरिएको जानकारी दिनुभयो । बढ्दो शीतलहर र चीसोले कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस भनेर विपद व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले सुरक्षाको प्रवन्ध मिलाउने निर्णय गरेको थियो ।
स्थानीय तह अन्तर्गत रहेको विपद व्यवस्थापन समितिले गरेको निर्णय तत्काल कार्यान्वयन गर्न संंम्बन्धित निकायलाई जानकारी पनि गराइएको छ ।
शीतलहर र चीसोबाट प्रभावित घर परिवारको पहिचान गरि अतिविपन्न परिवारलाई तत्काल आगो ताप्ने दाउरा र न्यानो कपडाको व्यवस्थापन गर्नुपर्ने प्रजिअ कटुवालले बताउनुभएको छ ।