सिम्रौनगढ,नेकपा एमाले सिम्रौनगढको प्रथम नगर अधिबेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले महेन्द्र जैसवालको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर २ का सहइन्चार्ज अच्युत मैनालीले उद्घाटन गर्नुभएको सो अधिवेशनमा पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर २ का सहईन्चार्ज ज्वाला साह, नेकपा एमाले बारा जिल्ला कमिटी अध्यक्ष देवनारायण चौधरी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य मनोज पौडेल, भरत भण्डारी, ढुण्डिराज उप्रेती, अमर यादव, रबिन्द्र दास श्रेष्ठ, केबल चौधरी, महम्द समिउल्लाह, महेन्द्र जैसवाल, प्रदेस नम्बर २ प्रदेश कमिटी सदस्य जालन्दर सिंह, ज्ञानु केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । ताराचन्द्र साहको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण रामएकवाल यादवले गर्नुभएको थियो ।
अधिवेशनले जैसवालको अध्यक्षमा ७५ सदस्यीय नगर कमिटी गठन गरेको छ । नवनिर्वाचित कमिटीको उपाध्यक्ष रामेश्वर यादब र सचिवमा दीपेन्द्र कुशवाहा रहनुभएको छ ।