सिमरा,सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संरक्षित पूंजी फिर्ता कोषको रकम शुक्रबारबाट शेयरधनी सदस्यहलाई वितरण सुरु गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७÷७८ मा गरेको नाफाबाट छुट्टयाइएको संरक्षित पूंजी फिर्ता कोषको रकम एक कार्यक्रमको आयोजना गरि सदस्यहरुलाई शुक्रबारबाट वितरण सुरु गरेको हो ।ंंंंंं
कोषबाट कर्जा लिएर एक वर्षसम्म भाखा ननघाइ तिरेको ब्याजको ४.५३ र बचतको एक वर्षसम्म प्राप्त ब्याजको ५.१८ प्रतिशतले हुने रकम फिर्ता गरेको संस्थाका प्रबन्धक महेश ढुङ्गेलले जानकारी दिनुभयो ।
‘जसले जस्तो कारोबार गरेको छ, उसले त्यही अनुसारको रकम फिर्ता प्राप्त गर्ने छ ।’ हातेमालो बचत तथा ऋण सहकारी संस्थाका सचिव दिपक भट्टले जानकारी भन्नुभयो ।
संस्थाकींंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं उपाध्यक्ष क्षमादेबी अधिकारीको अध्यक्षतामा सम्पन्न संरक्षित पूंजी फिर्ता कोषको रकम वितरण कार्यक्रममा डम्बरमणी थेवेले स्वागत मन्तब्य राख्नुभएको थियो ।