पुष्पराज खतिवडा

मनहर्वा,बारा,मनहर्वाका विद्यार्थीहरुको एक समूहले बिहीबार बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्न सडकनाटक प्रर्दशन गरेका छन् ।

कलैया उपमहानगरपालिका वडा नम्बर २४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनहर्वाका छात्रछात्राहरुले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को पराँसमा सडकनाटक प्रस्तुत गरेका हुन् । नाटकमार्फत छात्रछात्राहरुले लोभ, लालच र कसैको दवावमा उमेर नपुग्दै गरिने विवाह कानुन विपरीतको अपराध भएको सन्देश दिएका थिए ।

जनजागरण युवा क्लब तेतकुवा बाराले सहयात्रा परियोजनाको सहयोगमा विद्यालयको कक्षा ४, ५, ८ र ९ मा अध्ययनरत विद्यालय स्तरीय प्रगति बाल क्लबमा आवद्ध छात्रछात्रहरुको सहभागितामा सडक नाटक तयार परेर प्रदर्शन गरिएको हो ।

२० वर्ष पुगेपछि मात्रै नेपालको कानुनले विवाह गर्ने उमेर तोकेको छ । तर पनि समाजमा बालविवाह अझै नरोकिएको हुँदा स्कुलले बालबालिकामार्फत चेतना अभिवृद्धि गर्दै समाज रुपान्तरण गर्ने प्रयास गरिएको जनाजागण युवा क्लबकी सामुदायिक परिचालक मिना गुप्ताले बताउनुभयो ।

उमेर नपुग्दै गरिने बिवाहका कारण किशोर किशोरीहरुको स्वास्थ्य र शिक्षामा नराम्रो असार पर्नुका साथै अनेक समस्या उत्पन्न हुने गरेका छन् । कानुन भएरपनि गरिवी, अभाव र अशिक्षाका कारण समाजमा बालविवाहा कायम छ । त्यसैको विरुद्धमा बालविवाहविरुद्ध जनजागण युवा क्लबले विषेश परियोजनामार्फत जिल्लामा यस्ता कार्यक्रम निरन्तर गर्दै आइरहेका गुप्ताले बताउनुभयो ।

नाटकमा विद्यार्थीहरु शैलेन्द्र पटेल, कसित चौधरी, मनिष यादव, अन्तीमा महत्तो, निशा दास, राहुल चौधरी शिव चौधरी, कुसुम विक, अनुस्का चौधरी लगायत एक दर्जन छात्रछात्राले अभिनय गरेका थिए ।

Leave a Reply