सिमरा,ईलाका प्रशासन कार्यालय सिमराको प्रमुखमा उपसचिव टोपेन्द्रबहादुर केसी आउने हुनुभएको छ ।

गृह मन्त्रालयले मोहनप्रसाद अर्याललाई तेह्रथुमको प्रमुख जिल्ला अधिकारी बनाउदै पठाएपछि उहाँको स्थानमा केसीलाई सरुवा गरेको हो ।

केही जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गर्ने क्रममा गृह मन्त्रालयले सिमराको प्रमुखको जिम्मेवारीमा रहेका अर्याललाई तेह्रथुम पठाएर बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी केसीलाई सिमरा सरुवा गर्ने निर्णय गरेको छ । तेह्रथुम सरुवा भएका अर्याललाई कार्यालयका कर्मचारीले विदाई समेत गरिसकेका छन् ।

Leave a Reply