नरेश गुप्ता
बरियारपुर,१५ बर्षिय नाबालिकालाई जबरजस्ति करणी गर्दै आएका एकजना युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बालिका करणी अभियोगमा कलैया उपमहानगरपालिका वडा नम्रब १८ मोतिसर निबासी वर्ष २१ का सुजितकुमार साहलाई पक्राउ गरेको हो । पिडीत बालिकाले प्रहरीमा दिएको उजुरीको आधारमा साहलाई बिहीबार पक्राउ गरिएको हो ।
अभियुक्त साहले बालिकालाई प्रलोभनमा पारेर जबरजस्ति करणी गर्दै आएको र बालिकालाई गर्भवति समेत बनाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । पक्राउ परेको साहलाई जिल्ला अदालत बाराबाट पहिलो पटक ५ दिनको म्याद थपेर घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।