पुष्पराज खतिवडा
मन्हर्वा – संघिय सरकारले प्रदेशलाई कर्नरमा पार्ने प्रयास गरिरहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आरोप लगाएका छन् । तराई यातायात ब्यवसायी संघ बाराको सिमरामा आयोजित १४ औं बार्षिक साधारणसभालाई सम्बोधनका क्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारले समग्र उद्योग र ब्यवसायीहरुको हितमा काम गर्न प्रदेश सरकारलाई बाधा पुग्ने गरी ऐन,नीति, कानुन बनाएर अप्ठ्यारो बनाएको बताए ।संघिय सरकार कतीपय विषयमा बाधक बन्ने गरेको उनको भनाई थियो ।
संविधानले दिएका कतिपय अधिकारलाई समयमै कानुन बनाएर अगाडी बढाउन खोज्यो हतार गरेको भन्ने आरोप लाग्छ । ढिला गर्ने छुट हामीलाई छैन, उनले भने । सरकारले बनाएका ऐन कानुन झंझटिलो हुँदा ट्रक ब्यवसाय मात्रै नभएर सबैखाले ब्यवसाय संटकमा पर्ने खतरा बढेको उनको भनाई थियो । वर्तमान अवस्थामा सबैखाले ब्यवसायी पिडित रहेको बताए ।
मुलुकको आर्थीक विकासमा सरकारका सहयोगि संचरनामा आबद्ध सबैखाले ब्यवसायी झण्झटिला ऐन कानुनका कारण पिडित छन् । अहिले सम्म सरकारले बनाएका कतिपए ऐन कानुन, झंझटिला, वाधक छन् , हामीले बुझेकाछौं । आउनुस् ब्यापक छलफल गरौं ,कम्तीमा तीन तहका सरकारसँग नबाझिने गरी ब्यवसायीका समस्या समाधान हुने गरी यातायात ऐन बनाउँ । यातायात ऐन सदनमा छ । छलफल गरेर पास गरौं । तपाईहरुका समस्या समाधानमा प्रदेश सरकार सहयोगी हुन चाहन्छौं ।
मुख्यमन्त्री राउतले केन्द्र, प्रदेश र स्थानिय सरकारको अधिकार क्षेत्र कतिपय विषयमा बाझिएको बताए । समयमै अधिकार क्षेत्र किटान हुन नसक्दा प्रदेश तथा स्थानिय सरकारहरुलाई समेत काम गर्न कठिनाई भएको उनको भनाई थियो । हामी कतिपय विषयमा अन्यौलतामै छौं । संघिय सरकारको कर्मचारीतन्त्रको पुरानो विचार र सोचले अनी राजनैतिक दलका राजनैतिक अस्पष्टताले समस्या भैरहेको राउतको भनाई थियो । यस्तै अवस्था रहे हामी कसरी सफल हुने समृद्ध हुने उनले प्रश्न गरे ।
सरकारले बनाएका ऐन, कानुन झंझटिलो हुँदा यातायात ब्यवसाय नै संटकमा परेको ब्यवसायीहरुले गुनासो गरेका थिए । उनीहरुले यातायात संचालनका लागि अलग्गै यातायात मन्त्रालयको माग समेत गरे । सडकमा हुने दुर्घटनामा यातायात ब्यवसायीलाई मात्रै दोष थुपाररे सरकार पन्छीन नमिल्ले, पुराना पुर र विग्रेका सडक समयमै मर्मत गरिनुपर्ने, भारतीय मालवाहक सवारीलाई भन्सार तथा करिडोर क्षेत्र सम्मको मात्र संचालन अनुमतीदिनु पर्ने लगायतका माग समेत ब्यवसायीहरुबाट संघका अध्यक्ष ओमकृष्ण कार्कीले सरकारसँग गरेका छन् । २२ सय ट्रकधनी आवद्ध ब्यवसायीहरुको संघले नयाँ नेतृत्वका लागि भोलीलाई निर्वाचन मिति तय गरेको जनाएको छ ।