एजेन्सी । ‘गंगा जमना’ निर्माताका रूपमा दिलीप कुमारको पहिलो फिल्म थियो, तर यो फिल्म बनाएपछि उनको अनुभव यति खराब भयो कि उनले फेरि फिल्म बनाउन कान समाते । त्यतिबेला बिवी केसकर सूचना तथा प्रसारण मन्त्री थिइन् । उनको मातहतमा रहेको सेन्सर बोर्डमा चलचित्र ‘गंगा जमना’ देखाउँदा २ सय ५० कट गर्न सिफारिस गरेको थियो ।
फिल्ममा अत्यधिक अश्लीलता र हिंसा देखाइएको बताइयो । दिलीप कुमारले सेन्सर बोर्डलाई लाखौं स्पष्टीकरण दिए तर उनीहरु आफ्नो निर्णय बदल्न तयार भएनन् । उनले सेन्सर बोर्डलाई १२० पृष्ठको ज्ञापनपत्र पनि दिए तर उनीहरुले त्यो हेर्नसमेत आवश्यक ठानेनन् ।
मेघनाद देसाईले दिलीप कुमारको जीवनीमा लेख्छन्, ‘सेन्सर बोर्डले फिल्मको मृत्युको दृश्यमा आपत्ति जनाएको थियो जसमा एक चोरलाई महात्मा गान्धीले नाथुराम गोडसेबाट गोली खाएपछि भनेका अन्तिम शब्दहरू भनिरहेको देखाइएको थियो । जब कुनै विकल्प थिएन भने, उनले प्रधानमन्त्री जवाहरलाल नेहरूको सहयोग लिने निर्णय गरे ।’
केसकरलाई नेहरू मन्त्रिपरिषद्बाट हटाइयो
उनकी छोरी इन्दिरा गान्धीले नेहरूसँग दिलीप कुमारको १५ मिनेटको भेटको व्यवस्था गरिन् । यस भेटमा दिलीप कुमारले नेहरूलाई आफ्नो समस्या मात्रै सुनाएनन् सेन्सर बोर्डको सम्पूर्ण कार्यप्रणालीमा पनि धेरै प्रश्न उठाए ।
उनले नेहरूलाई सेन्सर बोर्डले तानाशाहको रूपमा काम गरिरहेको र उनीहरु आफ्नो विचार विपरीत कुनै पनि तर्क सुन्न तयार नभएको पनि बताए । नेहरूसँग १५ मिनेटसम्मको हुने भनिएको भेटघाट डेढ घण्टासम्म चल्यो । नेहरूको हस्तक्षेपले सेन्सर बोर्डले फिल्म पास गर्यो । त्यसको केही समयपछि बिवी केसकरलाई मन्त्रिपरिषद्बाट हटाइयो र उनको राजनीतिक करियर समाप्त भयो ।
केसकरले सामान्य जनतालाई शास्त्रीय संगीतमा परिचिय गराएको र अल इन्डिया रेडियोमा सङ्गीतको अखिल भारतीय कन्सर्ट सुरु गरेको भनेर अत्यधिक प्रशंसा गरिएको थियो तर त्यहि केसकरले आकाशवाणीमा फिल्म सङ्गीत र क्रिकेट कमेन्ट्रीमा प्रतिबन्ध लगाएका थिए । उनी हट्ने बित्तिकै यी प्रतिबन्ध पनि हटाइए ।
‘मदर इन्डिया’ को जवाफ थियो ‘गंगा जमना’
वास्तवमा दिलीप कुमार महबूब खानले आफ्नो भाइ नासिर खानलाई राजेन्द्र कुमारले आफ्नो फिल्म ‘मदर इन्डिया’ मा गरेको भूमिका दिन चाहेका थिए । नासिर खानले केही पाकिस्तानी फिल्ममा हात हालेर बम्बईमा आफ्नो करियर सुरु गर्न खोजिरहेका थिए ।


















