राजन कुमार बानिया

पोखरिया,पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरमा शुक्रवार ग्यास सिलिण्डर वितरण गरिएको छ ।

धोबिनी गाउँपालिकालाई धुवामुक्त गर्ने उद्देश्यले गाउँपालिकाका उपाध्यक्ष मन्जु देबीले ग्यास सिलिण्डर वितरण गर्नुभएको हो । हरिहरपुरका ५ सय घर परिवारलाई सिलिण्डर वितरण गरिएको हो ।

गाउँपालिका उपप्रमुख देवीले गाउँपालिकाका सबै घरमा सिलिण्डर पुर्याउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । ‘अहिले हरिहरपुरबाट सुरु गरिएको छ, उपाध्यक्ष देबीले भन्नुभयो, अब सबै घरमा सिलिण्डर पुर्याइने छ ।’ उहाँले महिलाको स्वास्थ्य सुरक्षा गर्न पनि ग्यास सिलिण्डरको प्रयोग बढाउनु पर्ने बताउनुभयो ।

सो कार्यक्रममा गाउँपालिका वडा नम्बर ३ हरिहरपुरका वडा अध्यक्ष राजकिशोर पटेल, श्री श्यामकिशोर प्रसाद कुर्मी, प्रदीप पटेल, रामबाल राउत, नागिमा देवी, इबराहिम मिया, रिना देवी, पवन पटेल लगायत जनप्रतिनिधि र स्थानीय राजनीतिक दलको नेता, कार्यकर्ता र गाउँपालिकाका कर्मचारीहरुकोसहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here